अत्तरिया- नेकपा एमाले गोदावरी नगर कमिटिले गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मङ्गलवार एमाले गोदावरी नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले नगर प्रमुख भट्टलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका छन् । एमाले गोदावरी नगर कमिटीका कार्यवाहक अध्यक्ष सिंहले गोदावरी क्षेत्रमा दलित सुकुम्वासी तथा अव्यवस्थित वसावासीको ऐलानी जग्गा नाप जाँच विगत लामो समय देखी रोकिएको भन्दै छिटो सुचारु गर्न माग गरे ।
यस्तै गोदावरीमा खोलाहरूबाट नदीजन्य वस्तु उठाउने विषयमा समेत टेन्डर प्रक्रिया नगरी उठाउने विषयमा यथाशीघ्र समाधान गर्न, भ्रष्ट्राचार र अनियमितता बन्द गर्न, शिक्षकका मागहरू पुरा गर्न र लागु पदार्थ दुव्र्यसनी नियन्त्रण गर्न माग गर्दै ध्यानाकर्षण गराएका छन् । साथै गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टलाई विभिन्न माग राखी ध्यानाकर्षण गराएको र ध्यान नदिए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएको बताएका छन् ।