सुदूरपश्चिम महोत्सवमा आज राम चन्द्र काफ्ले, गौरी भट्ट, सम्झना लामिछाने मगरको प्रस्तुती रहने

धनगढी- सुदूरपश्चिम महोत्सवको बाहौँ दिन चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ । आजको कार्यक्रममा कलाकारहरू राम चन्द्र काफ्ले, गौरी भट्ट, सम्झना लामिछाने मगर आउने भएका छन् ।

त्यसैगरी स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहने छ । मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म भएको ३ दिन थप भएपछि अब ५ गते सम्म चल्ने छ । यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् ।

महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

Loading...