गोदावरीको विकट ठाँउमा पहिलो पटक पुग्यो बिजुली

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ का विकट ठाँउहरुमा पहिलो पटक बिजुली पुगेको छ । वडा नम्बर १२ का सिम र चापमा आइतबार देखी बिजुली बल्न सुरु भएको हो ।

Bhancha ghar0

प्रदेश सांसद तुल्सी देबकोटा, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट र बिद्युत कार्यालयका प्रमुखले संयुक्त रूपमा स्विच अन गरेर बिजुलीको उद्घाटन गरेका हुन् ।

चाप सल्ली सिम लगायतका ठाउँहरुमा बिजुली बाल्न एस टी लाईनको ८५ पोल र एल टी लाइनको १ सय पोल बिद्युत प्राधिकरणले राखिएको छ ।

यस्तै तीन ठाउँमा ट्रान्सर्फमर समेत राखिएको छ । सल्लीमा पनि मेन लाइनको पोल गाडिसकेको र ठेकेदार कम्पनीले काम गरिरहेको बताईएको छ ।

Loading...