जोखिमयुक्त गर्भवतीलाई सुत्केरी गराउन बझाङबाट हेलिकोप्टरले सुर्खेत लग्यो

बझाङ- बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने धनबहादुर थापाको श्रीमती ३२ वर्षीया सुनिता थापाको आज सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

हिजो आइतबारदेखि उनलाई सुत्केरी बेथा लागेर अत्यधिक रक्तश्राव भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख एंव डिएसपी भरत शाहले जानकारी दिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए। थापाको घरमा दुई छोरी रहेका छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...