डडेल्धुराको बागबजारमा आगलागी

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुराको बागबजारमा आगलागी भएको छ। आगलागीबाट पुरानो ग्रेन क्याफे नजिकको शुभकामना फेन्सी पसल जलेर नष्ट भएको छ। थप तीन पसलमा आगलागी भइरहेको र नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको स्थानीय व्यापारी राजेन्द्र पनेरुले बताए।

पसल भित्र आगो भएकाले कति पसल पुग्यो अब देखिने उनले बताए। शुभकामना फेन्सीबाट आगलागी सुरु भएको हो। अमरगढी नगरपालिकाको दमक, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन्। विस्तृत विवरण आउन बाँकी छ।

Navadurga sun
Godawari sandesh
Loading...