शिखरदीप सहकारीको ८ औँ बार्षिक साधारण सभा सम्पन्न, ५८ लाख ८५ हजार बढी मुनाफा

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ बाणिमा केन्द्रिय कार्यालय रहेको शिखरदीप बचत तथा ऋण सहकारी लिमिटेडको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच उक्त सहकारीको साधारण सभा बाणिको खुलामञ्चमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर चन्दको सभापतित्व भएको कार्याक्रममा नेफस्कुन सञ्चालक एवम् प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव जोशी प्रमुख अतिथी रहेका थिए ।

संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा २१ करोड १८ लाख ९९ हजार ९ सय १७ रुपैयाँको कारोबार गरेर ५८ लाख ८५ हजार ९ सय ८७ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८०/०८१ मा शेयर संकलन, बचत संकलन तथा ऋण लगानी कारोबारमा वृद्धि गरी २५ करोड रुपैयाँ पुगाउने लक्ष्य लिएको छ । २ करोड १७ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको संस्थाले चालु आर्थिक वर्षमा शेयर पूँजीमा वृद्धि गरी २ करोड ४० लाख रुपैयाँ पुगाउने लक्ष्य लिएको छ ।

संस्थाको कुल निक्षेप १५ करोड ८८ लाख ७८ हजार २ सय ५७ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा निक्षेपमा वृद्धि गरेर २० करोड रुपैयाँ पुगाउने संस्थाको लक्ष्य छ । आर्थिक वर्ष २०७९/०८० को अन्तसम्म विभिन्न शीर्षक अन्तर्गत गरिएको कर्जा लगानी १७ करोड ६६ लाख ७३ हजार ९ सय ४ रुपैयाँ लगानीमा रहेको छ । चालु आर्थिक वर्षमा संस्थाले कर्जा लगानी २३ करोड रुपैयाँ पुगाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा कुल कारोबार विस्तार गरी मुुनाफा आर्जनमा समेत उल्लेखनीय बढोत्तरी ल्याउने र शेयर सदस्यहरुलाई उच्च प्रतिफल दिने संस्थाको लक्ष्य रहेको संस्थाका अध्यक्ष चन्दले बताए ।

Malpot office dadeldhura

संस्थाका अध्यक्ष चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका भावी कार्यक्रम तथा लक्ष्यहरु बारे सभामा जानकारी गराएका थिए । उनले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले सहकारी संस्था प्रगतिउन्मुख अघि बढिरहेको बताउँदै आगामी दिनमा थप सफलताको कामना गरे । उनले पछिल्लो समय सहकारीका नाममा जनतालाई ठगिरहेका समाचार आइरहेको भन्दै त्यसबाट माथी उठेर सहकारी संस्थाहरुले काम गर्नुपर्नेमा जोड दिए ।

यस सहकारी संस्थालाई अझ फराकिलो पार्नका निम्ति आफ्नो र प्रदेश बचत संस्थाका तर्फबाट कुनै कसर बाँकी नराख्ने उनले बताए । सहकारीको चौतर्फी विकासका लागि आफु सधै संस्थाको साथमा रहेको उनको भनाई थियो । विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले सहकारी संस्थाहरुसंग हातेमालो गर्दै अघि बढ्न वडा कार्यालय तयार रहेको बताए । उनले सहकारी संस्थाहरुले बचत र ऋण प्रवाह संगै उत्मादनमूलक क्षेत्रमा समेत काम गर्नुपर्नेमा जोड दिए ।

संस्थाले प्रधान कार्यालय बाणी संगै कृष्णपुरको गुलरिया, शुक्लाफाँटाको झलारी र बेदेकोटको लालपुर सेवा केन्द्रहरु मार्फत आफ्ना सेवाहरु सहज र सरल माध्यमबाट प्रदान गरिरहेको छ । संस्थाका कार्यालय प्रमुख दिनेश सिंह महराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन केपी कलौनीले गरेका थिए ।

उत्कृष्ट १४ जनालाई सम्मान :

संस्थाले वार्षिक साधारण सभाको अवसरमा विभिन्न विधाका उत्कृष्ट १४ जनालाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा असल बचतकर्ता तर्फ प्रेम सिंह रवल, खडक सिंह बोहरा, लोक बहादुर बोगटी, टेकेन्द्र चपाईँ र चन्द्र बहादुर शाहु रहेका छन् ।

यस्तै असल ऋणीतर्फ राम बहादुर चौधरी, शेर सिंह भण्डारी, चन्द्रलाल डगौरा, कोमल शाही श्रेष्ठ रहेका छन् । ज्येष्ठ शेयर सदस्यतर्फ नरजित रोकाया सम्मानित भएका थिए । त्यस्तै संस्थाले ४ जना उत्कृष्ट कर्मचारीलाइ समेत सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुमा झलारी शाखा प्रमुख राजेन्द्र साउँद, गुलरिया शाखा प्रमुख नरेश बम, बाणी शाखा लेखापाल पुजा चन्द र लालपुर शाखा बजार सहायक संगिता कुँवर रहेका छन् । सम्मानित हुने सम्पूणर्लाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...