जननौलो बिहानी कृषि सहकारी संस्थाको नवौं औँ बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका ६ लालपुरमा रहेको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको नवौं औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच उक्त सहकारी संस्थाको नवौं औँ साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमा संस्थाका अध्यक्ष खडक सि वलिको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपशिचम प्रदेश सभा सदस्य खेमा बिष्ट प्रमुख अतिथि रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh

प्रमुख अतिथि खेमा बिष्टले संस्थाले बिना धितो कर्जा भएकाले उक्त ऋणबाट ब्यबसाय गरि फाइदा गर्न सकिने स्थानीय सहकारी संस्था भएकोले ठगेर नजाने भएकाले यसलाई प्राथमिकता दिनु पर्ने बताइन ।

वि.सं. २०७१ साल पुष ९ गते २६ जना सेयर सदस्यहरुबाट सुरु भएको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडमा हाल १ हजार १ सय ४० जना सेयर सदस्यहरु रहेका छन् । आगामी बर्ष यो संस्थामा १ हजार ५ सय ५० जना सेयर सदस्य पुर्‍याउने लक्ष्य रहेको छ ।

Dadeldhura hospital

संस्थाको शेयर पुजी २०७९ असाढ मसान्त सम्म ४४ लाख ६८ हजार ४ सय रुपैयाँ रहेकोमा २०८० असाढ मसान्त सम्म ५७ लाख ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै २०८० असाढ मसान्त सम्म ३ करोड ३ लाख ८४ हजार ३ सय ७० रुपैया उक्त संस्थाको निक्षेप रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाले हाल ९ लाख ६८ हजार ३ सय रुपैया ऋण लगानी गरेको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार आ.व. २०७९/०८० मा सहकारीले २० लाख मुनाफा आर्जन गरेको छ । सहकारीको बचत २ करोड ३८ लाख ३ सय ७० रहेको छ भने आगामी बर्षको बचत २३ लाख ७२ हजार पुर्‍याउने लक्ष्य राखेको छ । लेखा परीक्षण प्रतिबेदन लेखा संयोजक पदम बहादुर साउदले प्रस्तुत गरेका थिए ।

त्यस्तै बिषिष्ट अतिथिहरु वडा नम्बर ७ कि वडा अध्यक्ष कलापती साउद, वडा नं ६ का अध्यक्ष जग्गुराम चौधरी, सहकारी साखाका अधिकृत दिव्यराज जोशी, सानाकिसान लघुबित्तका पदम राज रेग्मी र जहरि साउद लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस संस्थाले उत्कृष्ठ बचत कारोबार पुरुष तर्फ पदम बोकटी र महिला तर्फ नर्मि कुमाललाई पुरुस्कार प्रदान गरेको छ भने उत्कृष्ट बाल बचतकर्ता निरन्जना ओझा र असल ऋणि सारदा देबी साउदलाई सम्मान गरेको छ।

संस्थाकी व्यवस्थापन समिति सदस्य यशोदा कडायतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य प्रेम राज पाठकले गरेका थिए ।

Loading...