सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी सस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका ८ मा रहेको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी सस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उक्त सहकारी संस्थाको २० औँ साधारण सभा गोदावरी ८ जमुनानगर संस्थाको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रम संस्थाकी अध्यक्ष भावना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका माननिय सांसद दिर्घ सोडारी प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथि सोडारीले सहकारीहरुलाई सहयोग गर्ने र महिलालाई प्रोत्साहन दिने कार्यक्रम ल्याइने बताए ।
वि.स.२०५९ साल बैशाख १५ गते ४५ जना महिलाहरुबाट सुरु भएको सृजनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा हाल ३ हजार ११ जना सेयर सदस्यहरु रहेका छन । आगामी बर्ष यो संस्थामा ३ हजार ९ सय ३६ सेयर सदस्य पुर्‍याउने लक्ष्य रहेको छ ।

Bhancha ghar0

बार्षिक प्रतिवेदन संस्थाकी सचिव मञ्जु चौधरीले प्रस्तुत गर्दै संस्थाको शेयर पुजी २०७९ असाढ मसान्त सम्म २ करोड ५१ लाख ६५ हजार तीन सय रुपैयाँ रहेकोमा २०८० असाढ मसान्त सम्म १४ दशमलव २० प्रतिशतले वृद्धि भई २ करोड ८७ लाख ३९ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै २०८० असाढ मसान्त सम्म १४ करोड ५९ लाख ९६ हजार ९ सय ६८ रुपैया उक्त संस्थाको निक्षेप रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाले हाल १८ लाख २१ हजार २ सय ५८ रुपैया ऋण लगानी गरेको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार आ.व. २०७९/०८० मा सहकारीले ८८ लाख ९८ हजार १ सय ६६ रुपैयाँ २१ पैसा मुनाफा आर्जन गरेको छ ।

सहकारीले आर्थिक बर्ष २०८०/०८१ मा शेयर पुजी ३ करोड ६२ लाख ३८ हजार १ सय र यस्तै आर्थिक बर्ष बचत बृद्धि गरि १८ करोड ८६ लाख ८८ हजार ४ सय २२ पुर्‍याउने लक्ष्य राखेको छ ।

आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरण संस्थाको कोषाध्यक्ष गुम्मी चौधरीले प्रस्तुत गरेकी थिइन भने । लेखा परीक्षण प्रतिबेदन संयोजक गंगा कुमारी भट्टले प्रस्तुत गरेकी थिइन ।

त्यस्तै बिशिष्ट अतिथि सुप महिला जागरण मञ्चकी सान्ति शाही, गोदावरी नगरपालिका ७ की वडा अध्यक्ष कलापति साउद, ८ का अध्यक्ष गोविन्द चौधरी रहेका थिए । अतिथिहरुमा वड नं. ६ का वडा अध्यक्ष, साना किसान सहकारीका अध्यक्ष केसब राज बिनाडी, साना किसान लघुबित्तका प्रबन्धक, महिला बिकास शाखा की अध्यक्ष लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले एक/एक का लागी सबै भन्ने सहकारीको नारा रहेको र महिलाहरुले एकजुट भए जे पनी गर्न सकिन्छ भन्ने उदाहरण यस सहकारीले दिएको बताएका थिए ।

संस्थाकी उपाध्यक्ष रजनि चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन ब्यबस्थापक गौरी चौधरीले गरेकी थिइन् ।

Loading...