करेन्ट लागेर एक महिलाको मृत्यु

Bhancha ghar0

धनगढी– कैलालीमा बिहीवार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन् ।

घाइते जोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।

Loading...