सिटी बचत तथा ऋण सहकारी सस्थाको १२ औँ बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका २ मा रहेको सिटी बचत तथा ऋण सहकारी सस्थाको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका बिच उक्त सहकारी संस्थाको १२ औँ साधारण सभा पतंजलि योग भवनमा सम्पन्न भएको हो ।

Ganyapdhura gau

कार्यक्रम संस्थाका अध्यक्ष श्याम बहादुर खड्काको सभापतित्व भएको कार्यक्रममा संस्थाकै संयोजक डा.चेतराज पन्त प्रमुख अतिथी रहनु भएको थियो ।

Navadurga sun

वि.स. २०६८ साल मंसिर २० गते ५६ जनाबाट सुरु भएको सिटी बचत तथा ऋण सहकारी संस्थामा हाल १ हजार ७ सय ५२ जना सेयर सदस्य रहेका छन ।

बार्षिक प्रतिवेदन अध्यक्ष श्याम बहादुर खड्काले प्रस्तुत गर्दै संस्थाको शेयर चुक्ता पुजी २०७९ असाढ मसान्त सम्म १ करोड ५० लाख रुपैयाँ रहेकोमा २०८० असाढ मसान्त सम्म ३ दशमलव ७ प्रतिशतले वृद्धि भई १ करोड ५५ लाख ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै २०८० असाढ मसान्त सम्म ४ करोड ३० लाख १६ हजार ४ सय ३७ रुपैया उक्त संस्थाको निक्षेप रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारी संस्थाले हाल ८ करोड ३७ लाख ३० हजार २ सय ६३ रुपैया ऋण लगानी गरेको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार आ.व. २०७९/०८० मा सहकारीले २६ लाख ६ हजार ९ सय ५५ रुपैयाँ ४२ पैसा मुनाफा आर्जन गरेको छ ।

Dadhaldhura pur

सहकारीले आर्थिक बर्ष २०८०/०८१ मा शेयर पुजी १ करोड ८० लाख र यस्तै आर्थिक बर्ष बचत बृद्धि गरि ६ करोड पुर्‍याउने लक्ष्य राखेको छ ।

आर्थिक बर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिबेदन संचालक समिति सचिव प्रकाश देउवाले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै बिशिष्ट अतिथि संस्थाका सल्लाहकार समिति सदस्य राजेन्द्र खडका रहेका थिए भने अतिथीहरुमा देबराज पन्त, प्रकास देउवा, कल्याण सिँ बोहरा, प्रकास देउवा, दिल्ली राज पनेरु, दल बबहादुर खड्का, चित्र बराल, भानुभक्त भट्टराई लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाकी कोषाध्यक्ष दिपा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कर्मचारी व्यवस्थाप बिष्णु खड्का रहेका थिए ।

सिटी शिक्षा पुरुस्कारबाट ३ जना सम्मानित:
कार्यक्रममा सहकारी सिटी शिक्षा पुरुस्कार ३ जनालाई सम्मानित गराएको छ । पुरुस्कार पाउनेहरुमा संस्थाकी सेयर सदस्य सिर्जना भट्टकी छोरी प्रियन्सि भट्टले एसइइ परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्नु भएकोले नगद ५ हजार र प्रमाणपत्र प्रदान गर्‍यो ।

संस्थाका उपाध्यक्ष दल बहादुर खड्काका छोरा रोसन खड्कालाई २०८० को नेपाल मेडिकल काउन्सिलको परीक्षामा सफल भएकोमा प्रमाणपत्र दिइ सम्मान गरेको थियो ।

सेयर सदस्य धर्मा देबीको छोरी देबकी बोगटीले कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेकीले नगद ५ हजार र प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...