क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको धनगढीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ७ नं. प्रदेश संगठन समितिको आयोजनामा “संसदीय संशोधनवाद र राष्ट्रीय आत्मसमर्पणवादका विरूद्ध संघर्ष गरौं, भ्रष्टाचार, महङ्गी र बेरोजगारी अन्त्यका लागि सशक्त आन्दोलनको श्रृजना गरौं“ भन्ने मूल नाराका साथ नेपालको राजनीतिक संकट र पार्टीको तत्कालीन राजनीतिक कार्यनीति विषयक अन्तर्क्रिरया कार्यक्रम सोमबार धनगढीको ज्ञानु प्लाजाको सभाहलमा सम्पन्न गरेको हो ।

कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ७ नं. प्रदेश संगठन समिती संयोजक राम बहादुर चौधरी (महान) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रबक्ता धर्मेन्द्र बास्तोला (कंचन) रहेका थिए ।

Bhancha ghar0

कार्यक्रममा प्रमुख अतिथी रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रबक्ता बास्तोला (कंचन) ले पार्टीको तत्कालीन कार्यनीतिक सरकार सम्बन्धी ७ बुंदे अवधारणा पत्र पढेर सार्वजनिक गरेका थिए ।

त्यस्तै अतिथि नेकपा माओवादी केन्द्रका के.स.ओम प्रकास पुन, नेकपा (एस) का प्रतिनिधि हर्क बहादुर सिंह, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका प्रतिनिधि श्याम कुंवर, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा विप्लव निकट विद्यार्थी संगठनका प्रमुख/प्रतिनिधि, सुदूरपश्चिम प्रदेशका निवर्तमान न्यायाधिबक्ता कुलानन्द उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बक्ताहरूले देशमा अमूल परिवर्तनका लागि समय-समयमा विभिन्न आन्दोलन भएता पनि सर्वसाधारणले चाहेको खोजेको जस्तो परिवर्तन ल्याउन नसकेको बताएका थिए । देशमा संघिय लोकतांत्रिक गणतंत्र स्थापित भए पछि पनि जनता यथास्थितिमा रहेकाले अब एकपल्ट दलाल संसदीय पूंजिवादी सत्ताको विरूद्ध एकजुट भएर जनतालाई साथमा लिई सडकमा आउनुपर्ने बताएका थिए ।

Loading...