अनौठो कार्यालय, जहाँ मुसुक्क नहाँसेसम्म भित्र छिर्नै पाइन्न

एजेन्सी– हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कानसहितको सेवा दिने सरकारी नीति छ । तर सेवाग्राहीहरुले सरकारी कर्मचारीहरुबाट मुस्कानसहितको सेवा पाउनुचाहिँ दुर्लभ हुन्छ । उता छिमेकी मुलुक चीनमा चाहिँ एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई साँच्चीकै मुस्कुराउन बाध्य पारेको छ ।

Ganyapdhura gau

चीनस्थित क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा मुस्कान विना ढोकाबाट भित्रै छिर्न पाउँदैनन् कर्मचारीहरु । जो कर्मचारी ढोकामा गएर मुसुक्क मुस्कुराउँदैन, उसका लागि ढोकै खोल्दैन।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कम्पनीले हालै आफ्नो कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अनुहार पहिचान गर्ने अर्थात् फेस रिकग्नीसन प्रविधि जडान गरेको छ । जस अनुसार कार्यालयभित्र छिर्नका लागि कर्मचारीहरुले ढोका बाहिर रहेको उक्त मेसिनमा हेरेर मुस्कुराउनै पर्दछ, अनिमात्र ढोका खुल्दछ र कर्मचारी भित्र छिर्न पाउँदछन् । नमुस्कुराउने कर्मचारीलाई स्माइल रिकग्नीसन प्रविधिले भित्र प्रवेश नै दिँदैन ।

कार्यालय संस्कृतिलाई राम्रो बनाउन र कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउनका लागि यस्तो प्रविधिको प्रयोग गरिएको क्याननले जनाएको छ । ताकि सबै कर्मचारीहरु कार्यालयमा हरेक दिन आफ्नो कामको सुरुआत गर्न अगाडि खुसी तथा पसन्न महसूस गरुन् ।

कतिपय चाहीँ यस्तो कदम आर्टिफिसियल इन्टेलिजेन्सबाट कर्मचारीको उच्च निगरानी गर्ने चिनियाँ कम्पनीहरुको प्रयासको हिस्सा रहेको भन्दै आलोचना पनि गरेका छन् ।

कतिपय कम्पनीहरुले आफ्ना कर्मचारीहरुले कति समय कम्प्युटरमा का मगर्दछन्, ब्रेकको बेला कति समय खर्च गर्दछन् जस्ता कुराहरुको निगरानी गर्नसमेत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने गरेको बताइन्छ । कतिपय कम्पनीले त कार्यालय बाहिरका कर्मचारीका गतिविधिको समेत निगरानी गर्ने गर्दछन् ।

Couple
Loading...