टीकापुरबाट लागु औषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–७ सत्ती बजार नजिकबाट एक ग्राम ५३० मिलिग्राम लागू औषध ब्राउन सुगर (प्लास्टिक) सहित दुई जना पक्राउ परेका हुन् ।

से ७ प ८२२८ नम्बरको मोटरसाइकलमा सवार टीकापुर नगरपालिका–८ बटनपुर बस्ने वर्ष २५ का विशाल साउद र सोही वडामा बस्ने वर्ष २८ का विजय बुढालाई गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिई गएको सादा पोशाकको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जानकारी दिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...