आगलागी हुँदा १ लाख ५० हजारको क्षति

धनगढी– कैलालीको एक घरमा आगलागी भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो ।

Malpot office dadeldhura

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार आगलागीबाट १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो । दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका छन । घर पूणर् रूपमा जलेको प्रहरीले बताएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...