मोबाइलबाटै सुदूरपश्चिम महोत्सवको टिकट खरिद गर्न सकिने

धनगढी- सुदूरपश्चिम महोत्सवको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । कैलाली उद्योग बाणिज्य संघको आयोजनामा यहि मंसिर २२ गतेदेखि पुष २ गतेसम्म लाग्ने महोत्सवको प्रवेश शुल्क मोवाईल वालेट खल्तीबाट खरिद गर्न सकिने भएको हो ।

समयको माग, दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै यस बर्षको टिकट खल्तीबाट बिक्रि गरिने आयोजक कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अघिल्लो बर्षसम्म प्रत्यक्ष महोत्सव स्थलको गेटमा कागजी टिकट विक्री गर्दै आएको आयोजकले यस बर्ष देखि दर्शकको सहजताका लागि मोबाइलबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

यस बर्षको महोत्सव अवलोकनको लागि विद्यार्थीहरुका लागि ५० रुपैयाँ र साधारणाहरुका लागि १०० रुपैयाँ तोकेको छ भने फरक क्षमता भएका व्यक्तिहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

आफ्नो मोबाइलमा भएको खल्तीको एपमा गई दिइएको निर्देशन अनुसार घरमै बसी मोबाइलबाटै टिकट बुक गर्न सकिने छ । सुदूरपश्चिम महोत्सवको यो १७ औं संस्करणको हो ।

Loading...