गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम वडा नं १२ बाट उद्घाटन

सल्ली चापको विकासका लागि पालिका लागिरहेको छ : नगर प्रमुख भट्ट

अत्तरिया– श्रमको सम्मान, राष्टको अभियान भन्ने मूल नाराका साथ कैललाईको गोदावरी नगरपालिका वडा नं १२ चापमा एक कार्यक्रम बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा ब्यानर पढेर र बाटो खनेर रोजगार कार्यक्रमको समुद्घाटन भएको छ ।

कार्यक्रमको सभापतिमा गोदावरी नगरपालिका वडा नं १२ का अध्यक्ष भीम बहादुर खड्काले विगतमा हुँदै गरेको कामलाई धेर थोर भए पनि रोजगार कार्यक्रम मार्फद रोजगार दिलाएको र यसपाली पनि यस वडा मा १० जनालाई रोजगार दिलाउने कुरो वडा अध्यक्ष खड्काले जानकरी दिनु भयो ।

godawari10 Mahila hinsa
Navadurga sun

गाउँबस्तीमा रहेका बेरोजगार, विपन्न, वर्ष भरि खाना खान नपुग्नेहरु लाई १०० दिन सम्म भए पनि रोजगार दिई स्वरोजगार पर्ने नीति अनुरूप यस ठाउँमा कार्यक्रम अगाडि बढेको छ ।

यस क्षेत्रमा स्थानीय जनताले हिँडडुल गर्दैै गरेको बाटोघाटो मर्मत ( बाटो खन्ने , ढुंगा छाप्ने, सम्म्याउने ) गरी यस वडा मा १० जना महिलाहरुलाई १०० दिन रोजगार दिई स्वरोजगार बनाउने लक्ष्य रहेको कुरो गोदावरी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले जानकारी दिनु भयो ।

Dadeldhura hospital

गोदावरी नगरपालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रममा ७३ जना छनोटमा परेका मध्य गोदावरी नगरपालिका – १२ वडामा मात्र १० जना विपन्न परिवारका सदस्यहरुलाई रोजगारी दिने भनि छनौट भएका छन ।

केही महिना अगाडी पालिकामा फारम भरेकाहरु मध्ये विपन्न, गरीब, पिछडिएका लाइ प्राथमिकतामा राखी रोजगार दिने प्रक्रिया अनुसार आज बाट नै काम संचालन भएको छ ।

कोलमुडामा क्षेत्रमा रोजगार कार्यक्रममा काम गर्ने १० जना श्रमिकलाई ७ लाख मा बीमा सहित रोजगार दिँदै
काम र दाम दैनिक रूपमा काम काज गर्ने प्रति दिन ८ घण्टा काम गर्नु पर्ने रहेको छ । प्रधानमन्त्रि रोजगार ६०% महिला हुनु नै पर्ने भएकोले यस १२ न. मा सबै १० जना महिला नै रहेका छन् । १०० दिन काम गरेमा ६८ हजार रुपैयाँ प्रति ब्यक्तिले पाउने कुरो रोजगार कार्यक्रम संयोजक जोशीले बताए ।

रोजगार कार्यक्रमको कामको निर्देशन एबं प्राविधिक निरिक्षण का लागि रोहित सुबिदी (प्राविधिक सहायक – रोजगार सहायक) र अनिल विकले हेर्ने गरी फिल्डमा खटाएको कुरो वडा अध्यक्ष भीम बहादुर खड्काले बताए ।

गोदावरीको पर्यटकीय सम्भाव्यता बोकेको नायल ताल को विकासमा यस पालिका बाट के कति गर्न सकिन्छ त्यो काम मा लागेको र विकासमा पछाडि परेको सल्ली चाप सम्म सडक सुविधा १२ महिना नै चल्ने बनाउन प्रदेश सरकार संग पहल समेत गरी सकेको कुरा नगर प्रमुख भट्टले बताए ।

Loading...