अत्तरियाबाट लागु औषध खैरो हिरोईन सहित ३ जना पक्राउ

अत्तरिया- कैलालीको अत्तरियामा लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-१ धनगढी रोड स्थित पाठक पेट्रोल पमप नजिकबाट सोहि नगरपालिका १ का २२ वर्षीय चन्द्र महता, गोदावरी ५ का २५ वर्षीय गोकुल श्रेष्ठ र धनगढी उपमहानगरपालिका १३ बस्ने २९ बर्षिय मेघराज बुढाथोकी लागुऔषध सहित आइतबार पक्राउ परेका हुन् ।

Dadeldhura hospital

संका लागी चेकजाँच गर्दा निजहरुले खरिद बिक्री गरिरहेको अवस्थामा १४० मिलीग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ परेका उनिहरुलाई सोमबार देखि ९० दिनसम्म अपराधिहरुलाई थुनुवा राखि अदालत बुझाइने, अनुसन्धान छिट्टै भए वा कुनै किसिमको परिस्थिति आए थुनुवा अवधि कम हुन सक्ने र अभियुक्तहरुलाई लागु औषध ऐन बमोजिम कारवाही हुने बताइएको छ ।

Loading...