बाजुराका कोटघर जीर्ण बन्दै

बाजुरा- बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार (कोटघर) जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।

Ganyapdhura gau

तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताए ।

Navadurga sun
Godawari sandesh

सो दरबार (कोटघर) मा एक पटक एक्कासि आगलागी हुँदा कुँडीका राजा राजेश सिंहले पुनर्निर्माण गरेका हुन् । त्यसपछि कहीँ कतैबाट मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको जानकारी उनले दिए ।

Dadeldhura hospital

ऐतिहासिक तथा पुरातत्व रूपमा महत्वपूर्ण मानिएका कोटघरलाई अहिले पनि उत्तिकै चासोका साथ हेरिने गरिन्छ । खप्तड छेडेदह गाउँपालिका–१, काँडाकोट दरबार र बुढीगङ्गा नगरपालिका–१ को कुँडीकोट दरबार जीर्ण अवस्थामा छन् ।

२०७५र७६ सालमा स्थानीय सरकारले दरबार मर्मत सम्भार गरेको भए पनि पुनः निर्माण नहुँदा जीर्ण बन्दै गएका हुन् । बुढीगङ्गा–४ मा रहेको बार्जुकोट दरबार पनि भग्नावशेष अवस्थामा बदलिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोगमा बार्जुकोट दरबार भएको स्थानमा भ्युटावर निर्माण गरेको भए पनि दरबार भने भग्नावशेष अवस्थामा नै रहेको छ । पुराना ती दरबारको स्थानीय सरकारले जीर्णोद्धार गर्न रकम विनियोजन गरेको बुढीगङ्गा–१ का वडाध्यक्ष रणबहादुर थापाले बताए ।

बार्जुकोट दरबारलाई पर्यटकीय क्षेत्र बनाएर संरक्षण गर्ने प्रयासस्वरूप सम्बन्धित पक्षसँग छलफल गरेका छौँ तर अझै सहमति हुन सकेको छैन, बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले बताए । गोरखापत्रबाट

Loading...