एमालेका अध्यक्ष ओलीलाई अत्तरियामा सम्मानित तथा स्वागत

अत्तरिया- एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगै श्रीमती राधिका शाक्य, बरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री इश्वर पोखरेल, उपाध्यक्ष तथा पूर्व मन्त्री बिष्णु पौडेल लगायतको टिम लगायत बुधबार धनगढीबाट बैतडी प्रस्थान गर्ने क्रममा अत्तरियाको अम्बर आयल पेट्रोल पम्प अगाडी करिब २ सय देखि ३ सय जनाले सम्मानित तथा स्वागत गरेका छन् ।

नेकपा एमाले गोदावरी नगर कमिटी र नेपाल राष्ट्रिय भु पु सैनिक तथा प्रहरी सँगठन आदिको आयोजनामा स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।

Navadurga sun

१४ गते बिहान ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक यात्राको उद्घाटन गर्नेछन् । झुलाघाटबाट सुरु हुने यात्रा २१ दिनमा चिबाङमा गएर सिद्धिने छ । यस यात्राले मुलुकको सम्बृद्धिको लागी नयाँ पाटाहरू पहिचान हुने जिकिर गरिएको छ ।

ADD Khali jpg
Loading...