आधुनिक सडक पूर्वाधारले सिंगारिँदै परशुराम मुकाम

डडेल्धुरा- डडेल्धुराको रापरशुम नगरपालिकाले सडकको सौन्दर्यकरण तथा व्यवस्थित अभियान थालेको छ । परशुराम नगरपालिकाका मेयर भरत जोशीले अभियानको पहिलो चरणमा लालढुङ्गा बजारदेखि सिमलखेतसम्म सडक विस्तारको काम अगाडि बढाएका हुन् । जसमा सडकको कालोपत्रे, सडक सञ्जालीकरण, फुटपाथ, ढल निकास, सडक बत्ती, सिसी क्यामेरा जडान लगायतका योजना सञ्चालनमा रहेका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

आगामी चरणमा परशुरामनगरका सबै वडा कार्यालय देखि नगर सदरमुकाम जोगबुढासम्म व्यवस्थित पक्की सडक सञ्जाल बनाउने गरी काम भइरहेको मेयर जोशी बताउँछन् । सडक विस्तार गर्दा नगरबासीको साथ पाएपछि काम गर्न सहज भएको उनको भनाइ छ ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीकै मोडेलमा मेयर जोशीले परशुराम नगरलाई पनि आधुनिक सडक पूर्वाधारले सिँगार्ने प्रयास गरेको देखिन्छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजना गतवर्ष असारबाट अगाडि बढेको थियो ।

परशुराम नगर क्षेत्रको वृहत् विकासका लागि एउटा अवधारणा तयार गरिसकेका मेयर जोशी बताउँछन् । ‘यो अवधारणामा नगर क्षेत्रभित्र सडक, बिजुली, ढल, विद्यालय, अस्पताल, फोहोरमैला व्यवस्थापनलगायतका विषयहरु समेटिएका छन्,’ उनी भन्छन्, ‘यी योजनालाई समानान्तर रुपमा अघि बढाउने योजना छ । यसो हुँदा अबका केही वर्षहरुमै नगरपालिकालाई सुदूरपश्चिम प्रदेशकै तेस्रो ठूलो शहरको रुपमा विस्तार हुने अवस्था देखेका छौं ।’

 

Couple
Loading...