बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड माघमा हुने

बैतडी- बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघमा हुने भएको छ। जिल्ला खेलकुद समितिले एक सूचना जारी गर्दै माघ १५ गतेभित्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने जनाइएको छ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअघि पालिकाहरूमा प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी बताए।

Navadurga sun

स्थानीय तह स्तरीय प्रतियोगिता पुस मसान्तसम्म सकिने र त्यसपछि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भण्डारीले बताए।

स्थानीय तहमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने विद्यालयलाई मंसिर १५ गतेसम्म पत्रचार गर्न जिल्ला खेलकुद समितिले यहाँ १० वटै पालिकालाई पत्र पठाएको छ।

खेलकुद उत्सवका रूपमा मनाइने प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका ९संशोधनसहित०२०७० अनुसार गर्न आग्रह गरिएको छ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते सञ्चालन हुनेछन्। प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। गतवर्ष सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...