बझाङमा नियम विपरीत गाउँपालिकाका पुर्वअध्यक्षलाई पेस्तोल पड्काउन दिने असई निलम्बित

बझाङ- बझाङमा नियम विपरीत गाउँपालिकाका पुर्व अध्यक्षलाई पेस्तोल पट्काउन दिने एक प्रहरी असई निलम्बित भएका छन्। छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा रहेको अस्थायी प्रहरी बिटमा कार्यरत असई पुस्कल चन्दलाई निलम्बन गरिएको बझाङ प्रहरी प्रमुख तथा डीएसपी भरत बहादुर शाहले जानकारी दिए।

असई चन्दले गएको कात्तिक ६ गते छविसपाथिभेरा गाउँपालिकाका पुर्व अध्यक्ष अक्कल धामीलाई आफ्नो पेस्तोल पड्काउन दिएका थिए। घटना घटेको एक महिना भएपनि यस विषयमा जिल्ला प्रहरी कार्यालय बझाङ अनविज्ञ रहेको थियो। पुर्वअध्यक्षले पेस्तोल पट्काएको भिडियो बाहिरिएपछि बझाङ प्रहरीले अनुसन्धान सुरु गरेको हो।

Navadurga sun

अनुसन्धानपश्चात् घटनामा संलग्न असई चन्दलाई ६ महिनाको लागि निलम्बन गरिएको डीएसपी शाहले बताए। प्रहरीको पेस्तोल पड्काउने पूर्व गाउँपालिका अध्यक्ष धामीलाई समेत कारबाहीका लागि सिफारिस गरिएको उनको भनाई छ। पूर्व अध्यक्षको घर नजिकै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।

 

ADD Khali jpg
Loading...