कैलालीमा युवकमाथि खुकुरी प्रहार

धनगढी- कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर पिपलचौतारा नजिकै सोही ठाउँ बस्ने २१ वर्षीय निसान थापामगरमाथि धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले थापामगरमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको समूह (ग्याङ) फरार भएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनीहरुले थापामगरमाथि पछाडिबाट खुकुरी प्रहार गरेको बताउदै डीएसपी चन्दले बाँया हातको औला काटिएको र दाँया काँधमा समान्य चोट रहेको बताए । उनको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने मयाल समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Loading...