सूर्मा सरोवर हिमालमा पहिलो पटक सफल आरोहण

बझाङ- बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन् ।

स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए । पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनिसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए ।

Navadurga sun

उनीहरु चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भएको ट्राभल कम्पनी आइस एट थाउजेन्ट प्रालिका शंकर रावतले बताए । उनीहरुलाई दावा साङगे शेर्पाले पथप्रर्दशन गरेका थिए । ५१ वर्षिय पल आरोहण नभएका हिमाल चढ्न रुचाउँछन । नयाँ नयाँ रुटबाट हिमाल आरोहण गरेर उनले चार पटक हिमाल आरोहण क्षेत्रको प्रतिष्ठित अर्वाड ‘पायोलेट्स डिओर’ पाइसकेका छन्।

सूर्मा सरोवर हिमाल आरोहणको क्रममा उनको एउटा औला हिउँले खाएको छ । पलले यसअघि पनि नेपालको जुगल लगायतका थुप्रै हिमालहरुको नयाँ रुटबाट सफल आरोहण गरिसकेका छन्। सूर्मा सरोवर हिमालको आरोहण गर्दा र यस क्षेत्रमा छ हप्ता विताउँदा अहिले सम्मकै नयाँ अनुभव भएको र यहाँको प्रकृतिमा रमाउन पाउँदा निकै रोमाञ्चित भएको उनले बताए ।

‘यहाँका हिमालहरु निकै सुन्दर रहेछन् । यहाँको प्रकृति साँच्चिकै अदभुत छ’, पलले भने ‘यो क्षेत्रमा बस्दा मैले हिमाल आरोहणको नयाF स्वाद बटुल्ने सौभाग्य पाएकोमा खुसी छु ।’ उनले सुद”रपश्चिमका अधिकांस हिमालहरु कसैले पनि आरोहण नगरेका कारण यो क्षेत्र भविष्यमा हिमाल आरोहीको आकर्षणको केन्द्र हुन सक्ने बताए ।

उनीसँगै हिमाल आरोहण गरेका स्कटल्याण्डका २६ वर्षिय आरोही टिम (तिमोथे) मिलर व्यावसायिक पर्वतीय गाइड हुन् । उनले पनि सन २०२२ मा नयाँमार्गबाट जुगल हिमाल आरोहण गरे वापत् पल सँगै ‘पायोलेट्स डिओर’ अवार्ड पाएका थिए । उनले भने ‘यो आरोहण मेरो करियरमा दुर्लभ, साहासिक र रोमाञ्चक संयोग बन्यो ।

सूर्मा सरोवर हिमालको आरोहण पूर्व उनीहरुको टिमले बाटो पत्ता लगाउने क्रममा करिब तीन हप्ता साइपाल गाउँपालिकाको शालिमोर उपत्यकामा बिताएको थियो ।

अहिले सम्म कसैले नचढेको नयाा हिमाल विश्व विख्यात आरोहीको टोलीले सफल आरोहण गरेकोमा खुसी लागेको बताउदै साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले यो आरोहणको सन्देशले यहाँको पर्वतारोहणसम्बन्धी गतिविधि बढाउने आशा व्यक्त गरे । ‘यहाँ सूर्मा सरोवर जस्ता अहिलेसम्म कसैले नचढेका थुप्रै हिमाल छन् तर पर्वतारोहीको नजरमा पर्न सकेका छैनन,’ उनले भने ‘यो आरोहणपछि नयाँ हिमाल चढ्न चाहनेहरु यतातिर आर्कषित होलान् भन्ने आशा छ।’

बझाङको साइपाल क्षेत्रमा मात्रै पाँचहजार मिटर भन्दा अग्ला दुइ सय बढी हिमाल रहेको र अधिकांस हिमालहरुको नामाकरण समेत हुन नसकेको बताउँदै उनले बझाङ जिल्लामा रहेका हिमाल प्रर्वद्धनको लागि नेपाल सरकारबाट विषेश पहल हुनु पर्नेमा जोड दिए । कान्तिपुरबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...