

धनगढी– एमालेले मंसिर १४ गते देखि तीन साता लामो अभियान गर्दैछ । यो पुष्पलाल (मध्यपहाडी) राजमार्ग केन्द्रित अभियान हुनेछ । झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्ने गरी सुरू हुन लागेको अभियानको तयारीका लागि एमालेले मंसिर ६ गते केन्द्रीय कमिटीको छैटौं बैठक पनि राख्दै छ ।


पार्टीले बैतडीको जुलाघाट देखी पाँचथरको चिवाभन्ज्याङ सम्म सम्बृद्धीका लागी संकल्प यात्रा शुरु गर्न लागेको हो । पार्टी केन्द्रिय कमिटिको निर्देशन अनुसार यात्रा हुने प्रदेश कमिटिले समन्वय गरी प्रदेश कमिटिका पदाधीकारी तथा सदस्यहरुले पुस्पलाल राजमार्गमा तोकिएका क्षेत्रमा सहभागी हुने सुदूरपश्चिम प्रदेश कमिटि पदाधिकारी बैठकले निणर्य गरेको छ । बैतडीको गोठलापानीमा जन सभा गरी डडेल्धुरा, डोटी र अछामको राजमार्गमा पर्ने मुख्य स्थानहरुमा बिभिन्न बर्ग र समुदायको ब्यापक उपस्थिती गराउने निणर्य भएको पार्टी प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बताए ।



खाली शास्त्रीय वा तथ्यांकगत निष्कर्षमा मात्रै पुग्ने भन्दा पनि त्यहाँ बसिरहेका नागरिकहरूको प्रत्यक्ष अनुभूति सुन्नकै लागि एमालेले आफ्नो अभियान मध्यपहाडी राजमार्गतर्फ डोर्याएको एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज छवीलाल बिश्वकर्माले बताए । पूर्वाधार पुग्ने तर नागरिक नहुने, पूर्वाधार र उत्पादन, पूर्वाधार र रोजगारी, पूर्वाधार र गरिबी उन्मूलनका विषयमा तादात्म्य नदेखिएको विषयको खोजी नै अहिलेको अभियानको उद्देश्य रहेको पनि उनले बताए । एमालेले अभियानलाई नागरिक र पार्टीबीचको सम्बन्ध सेतुको रूपमा अथ्र्याएको छ ।
त्यसो त एमालले पछिल्लो समय ‘मिसन ग्रासरूट’ को माध्यम मार्फत कार्यकर्तातिर फर्किएको दाबी गर्दै आएको छ । हामी एमाले कार्यक्रता सम्म मात्रै पुग्दैनौ सचिव बिश्वकर्माले भने “हामी सबै क्षेत्रका जनताहरुसंग पुग्नेछौँ, सहिद परिवार, ब्यवसायी, किसान, शिक्षा, स्वास्थ्य लगायतका बिभिन्न क्षेत्रका ब्यक्तीहरुका कुरा सुन्नेछौँ, हामी मात्र बोल्दैनौँ सबैका कुरा सुन्नेछौँ, हामी स्थानिय तहहरुसंग सहकार्य गर्ने छौँ, जिल्ला समन्वय समितिहरुसंग छलफल गर्ने छौँ, प्रदेश सरकारसंग छलफल र समन्वय गर्ने छौँ, सबै क्षेत्रका कुरा सुन्ने छौँ र हाम्रो अभियान तथा लक्ष बारेपनि जानकारी दिनेछौँ ।” यो सम्बृद्धीका लागी यात्रा हो एमाले आयोजक मात्रै हो यसमा सबैको सहभागीता रहन्छ उनले भने “नेकपा एमालेले लिएको सम्बृद्धीको लक्षमा पुग्न यस यात्राले महत्वपुणर् भुमिका खेल्ने हामीले बिश्वास लिएका छौँ, हामी आफ्ना प्रदेशबाट तयारीमा निकै अगाडी बढेका छौँ अन्य कुरा पार्टी केन्द्रिय कमिटिले निणर्य गर्ने छ ।”
पुष्पलाल मध्यपहाडी लोकमार्गको कुल लम्बाइ १८७९ किलोमिटर छ । तर सबैतिर ट्र्याक जोडिइसकेको छैन । एमालेले तिहारअघि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई बाटो हेर्न पठाएको थियो । ज्ञवाली पूर्व पाँचथरबाट बाटो हेर्दैहेर्दै नुवाकोटसम्म पुगेका थिए । रिमालले बैतडीको झुलाघाट हुँदै गोरखासम्मको बाटो हेरेका थिए । उनीहरूले मध्यपहाडी राजमार्गमा अभियान चलाउन सकिने निष्कर्ष सुनाएपछि एमालेको २५ औं सचिवालय बैठकले २१ दिन लामो ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्ने निणर्य गरेको थियो ।