अस्थायी घरटहरा बनाइँदै

बझाङ- बझाङका युवा समाजसेवी विष्णु ऐडीले व्यक्तिगत लगानीमा भूकम्प प्रभावितका लागि अस्थायी घरटहरा निर्माण कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्नुभएको छ । असोज १६ गते चैनपुर आसपास केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण सयौँ परिवार त्रिपाल टाँगेर बारीमा बस्दै आएका छन् ।

घरहरू चर्किएर चिरा परेको र केहीको घर पूर्ण रूपमा भत्किएकाले बारीमा पाल टाँगेर बसेकाका लागि जस्तापातासहितको पक्की टहरा निर्माण गर्न थालेको समाजसेवी ऐडीले बताए । भूकम्पको बारम्बारको धक्काले जनजीवन अस्तव्यस्त बनिरहेका बेला आफू सामान्य सहयोगमा जुटेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

मष्टा गाउँपालिका–२, डुग्रीकी एकल महिला बेलमती विष्ट त्रिपालमुनि बस्दै आएको हप्तौँ बित्यो तर समाजसेवी ऐडीको समूहले पक्की टहरा बनाइदिएपछि भने घरमै बास बसे जस्तो अनुभूति भएको भनाइ उनको छ ।

Dadeldhura hospital

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्यसमेत रहनुभएका ऐडीले एकल महिला, दलित, विपन्न परिवारका लागि दर्जनभन्दा बढी पक्की टहरा निर्माण गर्नुभएको जनाइएको छ । कतिपय भूकम्पपीडितका लागि समाजसेवी एवं युवानेता ऐडी देउता जस्तै बनेका छन् ।

बझाङ हिमाली जिल्ला भएकाले चिसो रात काट्न जस्तापाताको छाना लगाएर बनाइएका टहराको बासले केही राहत पुग्ने अपेक्षा गरिएको जयपृथ्वी नगरपालिका–७, सुवेडाका टुहुरा बालक शिव भण्डारीले बताए ।

मष्टा गाउँपालिका–१ एकल महिला दुर्गा खड्का, लक्ष्मी रावल र जयपृथ्बी नगरपालिका–११, इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका गणेश नेपालीको परिवारका लागि पनि उनले टहराको घर बनाइदिएका छन् ।

हालसम्म सात वटा घर बनाइसकेको र दुई वटा आंशिक रूपमा मर्मत गरी टिनको छाना राख्ने काम जारी रहेको युवानेता ऐडीले बताए । मष्टा गाउँपालिकामा चार, छबिस पाथिभेरा गाउँपालिकामा एउटा र जयपृथ्वी नगरपालिकामा दुई वटा अस्थायी घर निर्माण गरिएका छन् ।

Loading...