


कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आगलागी भएको छ । नगरपालिकाको वडा नम्बर-२ बंक बस्ने धन बहादुर चन्दको दुई तले कच्ची भान्छा घरसँगै जोडिएको भैँसी बाँध्ने गोठमा झिँगा धपाउन भनि बालेको आगो सल्केर आगलागी भएको हो ।



आईतबार आगलागी हुँदा गोठमा रहेको पराल, भुसा, काठपात लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


मानविय तथा चौपाया क्षेती नभएको र अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।





