कैलालीबाट सात जुवाडे पक्राउ

धनगढी- कैलालीको सुखडबाट सात जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सुखडका अनुसार ५८ हजार रकमसहित सात जुवाडेलाई नियन्त्रणमा लिएको हो।

घोडाघोडी नगरपालिका–१ सुखडका ३४ वर्षीय विकास पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसहित सात जनालाई मङ्गलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ४ सय ७० रुपैयाँ र सात गड्डी ताससहित पक्राउ गरेको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...