नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा

काठमाडौं– नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । टी-२० विश्वकपको एसिया क्वालिफार्यस अन्तर्गत मंगलबार टियु मैदानमा भएको खेलमा नेपालले दोस्रो जित हात पारेको हो । मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

Dadeldhura hospital

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । ३४ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए । उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । आसिफ शेखले भने २३ बलमा १ चौका र २ छक्का सहित ३२ रन बनाए । कप्तान रोहित पौडेल भने २ रनमै आउट भए । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे ।

Navadurga sun
Godawari sandesh

यस अघ टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै जुबइदीले २४, सर्विभनले १३ र विजय युनीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अकंको रन जोड्न सकेनन् ।

Loading...