बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट, चार लाख बढीको क्षति

बाजुरा– बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । बाजुराको बडीमालिका नगरपालिका -८ रापकमा सोमबार आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Dadeldhura hospital

सोही नगरपालिका-८ रापकका भरत बहादुर रावल र वीर बहादुर रावलको घरमा विद्युतको तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

आगलागी भएको खबर प्रहरीलाई प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्र बहादुर सिंहले बताए । सेनानी सिंहको नेतृत्वमा आगो नियन्त्रणमा आएको छ ।

आगो लागेर करिब ४ लाख बराबरको क्षति भएको छ । विद्युतको तार सट भएपछि आगलागी भएको बताइएको छ । आगलागीले लत्ता कपडा, अन्नपात जलेर सखाप भएको सेनानी सिंहले बताए ।

Loading...