टी–२० विश्वकप : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ।

नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो। प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै कठिन देखिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

दीपेन्द्र सोमबार अभ्यास गर्नेक्रममा खेल अघि घाइते हुँदा बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो। उनले प्रतियोगिता नै गुमाउने सम्भावना बढेको छ। उनी घाइते भएपछि विवेक यादवलाई उनको स्थानमा खेलाएको थियो।

आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ। अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोली काठमाडौंमा खेलिरहेका छन्। प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन्।

आइतबार हुने फाइनलमा स्थान सुरक्षित गर्न सके नेपालले इतिहासमै दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुनेछ। नेपाल यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएर सहभागी भएको थियो। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। अर्को समूहमा संयुक्त अरब इमिरेट्स युएई, हङकङ, बहराइन र कुवेत छन्।

Loading...