कञ्चनपुरबाट ८ जुवाडे पक्राउ

Dadeldhura hospital

कञ्चनपुर– कञ्चनपुरको हल्दुखालबाट ८ जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-७ हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका-६ ऐंठपुरका ४० वर्षीये पारस भट्टसहित ८ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए ।

Loading...