बझाङमा किशोरी मृत फेला

बझाङ- बझाङमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको जयपृथ्वी नगरपालिका–५ की अस्मिता कुमारी जोशी मृत फेला परेकी प्रहरीले जनाएको छ।

सुनी पिपल चौर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी आफू बस्ने कोठामा मृत फेला परेको बताइएको छ। जोशीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

 

 

ADD Khali jpg
Loading...