
बझाङ- बझाङमा एकजना सेती नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मष्टा गाउँपालिका-४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन्।


उनी शनिवार दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय सुशील कठायतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइएको बझाङका प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए।