कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

टीकापुर- कैलालीको मुडामा नदीमा नुहाउने क्रममा दुईजना बालकको डुबेर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय सुखडका अनुसार बर्दगोरीया गाउँपालिका वडा नं. ६ का दीपक मल्लका ६ वर्षका छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षका छोरा आयुष मल्लको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको हो।

उनीहरु साँझ साढे ५ बजेतिर बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ स्थित काँडा नदीमा नुहाउन गएका थिए। उनीहरुको शव नदीको पानी जमेको गहिरो भागमा भेटिएको प्रहरीले जनाएको छ।

Navadurga sun

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरिक्षक बिरबहादुर विकले मृतक बालकद्वयको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाईएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...