डडेल्धुरामा पैदलयात्रीको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ चम्कोट स्थित के।आई सिंह राजमार्गमा गए राति पैदल यात्रीको मृत्यु भएको हो।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्री सोही ठाउँका अन्दाजी ५५ वर्षीय राजु देउवाको बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Navadurga sun

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥आउँदा डाक्टरले मृत घोषणा गरेको थियो। हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...