


बझाङ- बझाङमा एक बालकको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो।


उनी मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी बगेको केही बेरमा नै मृत्यु भएको प्रहरीले बताएको छ।





