सुदूरपश्चिम प्रदेशमा थप २७ जनामा कोरोना संक्रमित थपिए

Dadeldhura hospital

अत्तरिया, १२ असार- सुदूरपश्चिममा थप २७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शनिबार ३ सय ८५ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जना र १ सय १८ जनाको पिसिआर परिक्षण गर्दा २१ जना गरी २७ जना संक्रमित थपिएका हुन ।

यो सँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ४३ हजार ४ सय ६७ पुगेको छ । प्रदेशमा शुक्रबार ३७ जना कोरोना जितेर घर फर्किएका छन । यो सँगै प्रदेशमा जम्मा निको हुनेको संख्या ३४ हजार ७ सय ६५ पुगेको छ ।

Loading...