बेदकोटमा चाडपर्वको शुभकामना तथा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर- कञ्चनपुर स्थित बेदकोट नगरपालिकामा दशै तिहारको शुभकामना आदान-प्रदान तथा चाडपर्वमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बेदकोट गरपालिकाको न्यायिक समितिले शुक्रबार चाडपर्व शान्ति सुरक्षा विषयक शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

न्यायिक समितिकी संयोजक एव बेदकोट नगरकी उपप्रमुख तुलसी जोशीले चाडवार्डका बेला सवारी साधनदेखि मदिरा सेवनबाट हुनसक्ने दुर्घटनाबाट मानविय क्षति रोक्ने उद्देश्यले सचेतनामुलक कार्यक्तम गरिएको बताइन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उपप्रमुख जोशीले मानिसको सानोसानो गल्तीले ठुलो मानविय तथा भौतिक क्षति हुने भएकाले तिहारलाई मर्यादित रुपमा मनाउनका लागि समेत समयमै सचेतनामुलक कार्यक्रम गरिएको बताईन । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेकी उपमेयर जोशीले विगतका बर्ष भन्दा यस बर्ष फरकशैलीमा कार्यक्रम गरिएको बताईन । उनले तिहारका लागि हुनसक्ने सम्भावित सवारी दुर्घटना र मदिरा सेवन, जुवातासका कारण कसैको घर परिवारमा आईपर्ने दुखत घटना टार्नका लागि समयमै जनप्रतिनिधी सहित सरोकारवाला राखेर कार्यक्तम गरिएको समेत बताईन ।

उपप्रमुख जोशीले बेदकोटमा न्याय समितिले मेलमिलाप केन्द्र निर्माण गरेर स्थानीय विवाद निरुपण गरिरहेको बताईन । उपप्रमुख जोशीले प्रहरी प्रशासनले तिहारका बेला बेदकोट नगरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि प्रयास गर्न ध्यानाकर्षण गराएकी छिन । कार्यक्तममा बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले दशौँ तिहारका लागि आवश्यक सचेतना भएर यात्रादेखिका खानपानमा ध्यान दिन आब्हान गरेका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले बेदकोटमा न्याय समितिले गरिरहेको कामकाजको प्रसंसा गर्दै तिहारका बेला स्थानीय प्रशासनबाट आवश्यक सुरक्षा प्रदान गरिने बताए ।

Loading...