बझाङ जाँदै गरेको बस भीरमा अड्केपछि…

बझाङ- धनगढीदेखि बझाङ जाँदै गरेको बस भीरमा अड्किएको छ। धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस शुक्रवार बिहान भीरमा अड्केको हो।

बझाङको जय पृथ्वी नगरपालिका–७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले जनाएको छ।

Navadurga sun

सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरू भने सुचारु रहेको प्रहरीले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। बस निकाल्ने प्रयास भइरहेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...