बिप्लवद्वारा भूकम्प पीडितलाई राहत हस्तान्तरण

बझाङ- नेकपा (बिप्लव समूह) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले बझाङका भूकम्प पीडितहरु लागि जिल्ला बिपद ब्यवस्थापन समिति नगदसहित राहत सामग्री हस्तान्तरण गरेको छ । शनिबार राती बझाङ पुगेका चन्दले जिल्लाका भूकम्प पीडितहरुको अवस्थाको जानकारी पछि जिल्ला विपद व्यवस्थापन समितिलाई एक सय कम्बल र एक लाख रुपियाँ हस्तान्तरण गरेको हो ।

जिल्लामा असोज १६ गते पछि पटक पटक आएको भूकम्पका कारण जिल्लामा ठूलो क्षति भएपछि नेता चन्द भूकम्प पीडितहलाई राहत सामग्री ल्याएर बझाङ पुगेका छन् । उनले इजरालको बम आक्रमणमा परी ज्यान गुमाउनु भएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको परिवार र सोही वडाका भूकम्पबाट मृत्यु भएकी गुनमती देवी धामीको परिवारलाई सान्त्वनासहित आर्थिक सहयोगसमेत गरे ।

उनले मृतक परिवारलाई यस्तो विपदको घटनाले आफूहरुलाई समेत दुःखी बनाएको बताउँदै पीडितलाई न्याय दिने सवालमा प्रधानमन्त्रीसँग समेत भेटेर छलफल गर्ने बताए । इजरायल घटनामा परी ज्यान गुमाएका परिवारजनहरुले स्वर्गीय गणेशको शव बुझाउनसमेत नमानेकाले कूटनीतिक पहल गरिदिन समेत आग्रह गरेको छ ।

स्वर्गीय गणेश नेपालीका दाई विकास नेपालीले भने, ‘अहिले इजरायल सरकारले समेत शव बुझाउन लागि लासको पहिचान हुनसमेत समस्या भएको बताउँदै कूटनीतिक पहल गरिदिनु होला।

 

Loading...