भारतीय मोटरसाइकलको ठक्करबाट महिला घाइते, चालक फरार

धनगढी- भारतीय सीमावर्ती बजार वन गाउँ सामान किन्न गएकी नेपाली महिला भारतीय मोटरसाइकलको ठक्करबाट घाइते भएकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीकी ६८ बर्षिया देवकी धानुकलाई वन गाउँ बजार नजिकै भारतीय नम्बरको मोटरसाइकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

भारतीय नम्बरको मोटरसाइकले ठक्कर दिएर मोटरसाइकलसहित चालक फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।

Navadurga sun

ठक्कर दिने मोटरसाइकलको नम्बर र चालक पत्ता नलागेको बताउँदै कैलालीको त्रिनगर प्रहरी र भारतीय प्रहरीको पहलमा अनुसन्धान भइरहेको उनले बताए। मोटरसाइकलको ठक्करबाट हात र खुट्टा भाँचिएको देवकीको छोरा प्रकाश धानुकले बताए।

दैनिक उपभोग्य सामाग्री किन्न भारतको वन गाउँ गएकाहरूलाई वन गाउँबाट गौरीफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाइकल चालकले हिँड्दै गरेको अवस्थामा आमालाई ठक्कर दिएर फरार भएको उनले बताए।

दुर्घटनामा परी घाइते भएकी देवकीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकलको नम्बर चिनेको भए जानकारी गराइदिन उनले आग्रह गरेका छन्।

घटनास्थल नजिकै धेरै नेपालीको उपस्थिति रहेकाले कसैले मोटरसाइकलको नम्बर पहिचान गरेको भए जानकारी गराई सहयोग गरिदिन अनुरोध गरेका छन् । उनले आमाको हात र खुट्टा भाँचिएकोले डाक्टरले अप्रेसन गर्नुपर्ने भनेका उपचार गर्न आर्थिक अभाव रहेको बताएका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...