डडेल्धुरामा जुवाखालबाट नगदसहित पाँच जुवाडे पक्राउ

डडेल्धुरा- डडेल्धुरामा पाँच जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

Navadurga sun

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनको भनाइ छ। स्रोतका अनुसार प्रहरीले जुवाडेभन्दा मोबाइल बढी समातेको जनाइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...