बझाङमा गएराति ४ पटक भूकम्पको धक्का

काठमाडौं- बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो।

केन्द्रका अनुसार गएराति १२:१६ बजेमा ४.१ रेक्टर स्केलको, १२:५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसैगरी मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५,५ रेक्टर स्केलका ८ पटक गएको केन्द्रले जनाएको छ। ४ भन्दा मुनिका पनि भूकम्प गएको भएपनि रेकर्डमा राखिएको छैन। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार १२ वटा पराकम्पन गएका थिए।

भूकम्पको केन्द्र बिन्दु बझाङ भएका कारण बझाङसँग सीमा जोडिएका बुढीगंगा, खप्तड, छेडेदह, गौमुल गाउँपालिकामा बढी क्षति भएको हो। भुइँचालेको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए।

सुदूरपश्चिमका ९ वटै जिल्लाका अधिकांश मान्छे घर छोडेर त्रिपालमा बास बसिरहेका छन्। एक वर्षयता सुदूरपश्चिममा साना ठूला गरी दर्जनौं भूकम्पका धक्का महसुस गरिएका छन्।

 

Loading...