कैलालीमा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु

धनगढी- कैलालीमा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ मधुबन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमवार डुबेर मृत्यु भएको प्रहरीले बताएको छ।

सोही ठाउँमा रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप अनुसन्धान भईरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...