सेति नदिमा बन्याे खप्तड जाेड्ने पक्की पुल

बझाङ- देशकै धार्मिक एवम् ऐतिहासिक पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज जाने सबै भन्दा छोटो रूढमा पर्ने तमैल बजारको सेती नदिमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । लामो समय देखि सेतीनदिमा पक्की पुल नहुँदा विभिन्न समस्या झेलिरहेका खप्तडछान्ना गाउँपालिका बासी नदिमाथि मोटरेबल पुल बनेपछि हर्षित भएका छन् । सेती नदिमा पक्की पुल बने सँगै बझाङ, बाजुरा, अछाम लगायतका अन्य जिल्ला सँग सडक सञ्जाल बझाङ सँग जोडिएको छ ।

करिब २० करोड ठेक्कामा २०७३ साल देखि निर्माण कार्य सुरूगरेको सपना केएस जेभी र सुर्मा सरोवर बजरंगवलीजेभी कम्पनीले समयमै निर्माण सम्पन्न गरी सक्नु पर्ने भए पनि २०७७ सालमा आएको बाढीले गर्दा सेतीनदिमा निर्माणाधीन रहेको मोटरबे पुलमा क्षति पुगेको थियो।पुन २०७९ फागुन महिनामा सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजनाले थप ठेक्का आव्हान गरे पछि सरकाले थप बजेट विनियोजन गरी पुलको थप एक फेजको निर्माण गर्न ठेक्का पुरानै निर्माण कम्पनी लाई दिएको थियो ।

Navadurga sun

सो स्थानको भौगोलिक अवस्था कठिनभएपनि निर्माण कम्पनीको लगनशीलता र सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना बझाङको ताके ताले सम्झौता समय भित्र निर्माण कार्य सम्पन्न गरी असोज दोस्रो साथ सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले बताएको छ । सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना पर्ने तमैल सेती नदिमा निर्माण भएको पक्की पुल अन्तर जिल्ला सँग सडक सञ्जाल जोडिने मूल प्रवेश द्वार रूपमा रहेको छ ।

तमैल देखि खप्तडछान्ना गाउँपालिका हुँदै बाजुरा जिल्ला र अछामहुदै तराई जोड्ने सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना मा निर्माणाधीन अवस्थामा रहेका छान्ना क्षेत्रका तीन वटा पक्की पुलको पनि निर्माण कार्य दशै लगत्तै ठेकेदार र सम्बन्धी निकायलाई ताकेत गरी यही असार मसान्तसम्म खप्तडछान्नागा पा मा रहेका तीन वटा पक्की पुल सम्पन्न गरी सक्ने लक्ष्य रहेको सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना कार्यालयका इन्जिनियर पंकज सिंह धामीले बताएका छन् ।

निर्माण कार्यमा ढिला हुनुको मुख्य कारण सरकाले समयमै बजेट विनियोजन नभएकाले पनि निर्माण कार्य केही ढिला सुस्ती भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन विष्टले बताए ।

ऐतिहासिक खप्तड पर्यटकीय स्थल जोड्ने सेती नदिमा रहेको मोटरबे पुल ८० मिटर लम्बाइ रहेको छ । पुलबने सँगै सेती पारी रहेका स्थानीयहरूलाई आवतजावत गर्न र दैनिक उपभोग्य सामान ढुवानीमा सहज भई सुपथ मूल्यमा स्थानीयबासीहरूले सामान पाउने भएका छन् ।

ADD Khali jpg
Loading...