बझाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या

बझाङ- बझाङमा एक जनाको हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार आरोपीको खोजी भइरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...