युवतीलाई बलात्कार अभियोगमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गर्‍यो

हरिश चन्द/ डडेल्धुरा ४ असोज- डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेकोे छ । विहिवार पत्रकार सम्मेलन गरि चार जनालाई सार्वजनिक गरिएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई र प्रकाश ओड लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दिपक कुमार कार्कीले जानकारि दिए ।

Navadurga sun
Godawari sandesh

ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ । त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्तीकरणी गरेकोे उनीहरुमाथि आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । युवतीको पेटमा ५ महिनाको गर्भ रहेको प्रहरिले जनाएको छ ।

Couple
Loading...