भीमदत्तले लगायाे नदीजन्य पदार्थ उत्खननमा रोक

कञ्चनपुर- भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री–वितरण गर्ने कार्यमा रोक लगाएको छ। नगरपालिका क्षेत्रभित्रका नदी, खोलालगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुंगा, बालुवा, गिटी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा छ।

godawari10 Mahila hinsa
Navadurga sun

महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरूको हकमा आइइई रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री–वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहुँदासम्मका लागि रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत गौलीको भनाइ छ।

Dadeldhura hospital

बहुउद्देश्यीय कभर्डहल निर्माण अगाडि बढाइयो

दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका– १० झलारीमा बहुउद्देश्यीय कभर्डहल निर्माणको अगाडि बढाइएको छ।नगरपालिकाले रु। दुई करोड ३४ लाख ८८ हजार एक सय एकको लागतमा कभर्ड हल निर्माण गर्न लागेको हो।

निर्माणका लागि एसएनएम जयलक्ष्मी जेभी नेपालगन्जसँग ठेक्का सम्झौता गरिएको र चालू आवको असार मसान्तभित्र कभर्डहल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। पाँच सय वर्गमिटर क्षेत्रफलमा कभर्ड हलका संरचना निर्माण गरिनेछ। कभर्डहलको लम्बाइ २८।४५ मिटर र चौडाइ १७.९५ मिटर छ ।

कभर्डहलमा डबल ब्याटमिन्टन कोर्ट, ड्रेसिङ रुम, स्नानघर, शौचालयसँगै प्यारापिट निर्माण गरिने नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताए। उनका अनुसार इन्डोरका सबै प्रकारका खेलहरू खेलाउन सक्ने गरी कभर्डहलको डिजाइन गरिएको छ।

कभर्डहल सनवोरा नदीनजिकैको जोखिमयुक्त क्षेत्रमा बनाइन लागेको जनाउँदै यस क्षेत्रका खेलकुदसम्बद्ध व्यक्तिहरूले असन्तुष्टिसमेत व्यक्त गरेका छन्। रासस

 

Loading...