कैलालीमा लेनदेनबारे विवाद हुँदा खुकुरी प्रहार

कैलाली- कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एकजना घाइते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।

लेनदेनबारे विवाद हुँदा बुधवार बिहान वडा नम्बर ५ बस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

Navadurga sun

साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ। आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगंज लगिएको प्रहरीले बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...